Friday, February 4, 2011

नयाँ प्रधानमन्त्रीलाई यूरोपेली यूनियनको बधाइ

काठमाडौ, माघ २० - युरोपीयन यूनियनको अध्यक्षको हैसियतमा बेलायती राजदूत जोन टक्नटले प्रधानमन्त्री निर्वाचित भएकोमा एमाले अध्यक्ष झलनाथ खनाललाई बधाइ दिएका छन् ।
बिहीबार संसदमा बहुमत पाएर खनाल प्रधानमन्त्री निर्वाचित भए लगतै बेलायती दूतावासबाट बिज्ञप्ती जारी गरि उनलाई बधाइ दिएको हो ।
'हामी खनाल र उनको सरकारसंग काम गर्नका लागि पर्खि रहेका छौं, प्रधानमन्त्री बृहतर रुपमा गठबन्धन बनाएर काम गर्ने बिश्वास राखेका छौं' बिज्ञप्तिमा भनिएको छ, 'हामी सरकार र अन्य दलहरुलाई शान्ति र संविधान निर्माणका लागि आवश्यक कदमहरु चाल्न तथा सबै नेपालीको लागि सुरक्षा र स्थिरताको लागि काम गर्न प्रोत्साहित गर्दछौं ।
इयूका काठमाडौंमा बेलायत, डेनमार्क. यूरोपीइन यूनियनका प्रतिनिधि, फिनलेण्ड, फ्रान्स, जर्मनी, नेदरलेण्ड, नर्वे र स्वीजरलेण्डका दूतावास रहेका छन् ।
 
प्रकाशित मिति: २०६७ माघ २० ०९:२२

No comments:

Post a Comment