Tuesday, February 22, 2011

हार्दिक समबेदना

 
हाम्रा परम् मित्र तथा  गैर आवाशीय नेपाली संघ पोर्तुगलका उपाध्यक्ष भिम केसी कमल की ममतामयी आमा अम्बिका केसी को ७५ बर्षको उमेरमा मिति २१-०२-२०११ का दिन असामयिक निधन भएको खबरले हामी मर्माहित भएका छौ।शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौ।
                                                                        नेपाल स्पेन समाचार

Friday, February 4, 2011

नयाँ प्रधानमन्त्रीलाई यूरोपेली यूनियनको बधाइ

काठमाडौ, माघ २० - युरोपीयन यूनियनको अध्यक्षको हैसियतमा बेलायती राजदूत जोन टक्नटले प्रधानमन्त्री निर्वाचित भएकोमा एमाले अध्यक्ष झलनाथ खनाललाई बधाइ दिएका छन् ।
बिहीबार संसदमा बहुमत पाएर खनाल प्रधानमन्त्री निर्वाचित भए लगतै बेलायती दूतावासबाट बिज्ञप्ती जारी गरि उनलाई बधाइ दिएको हो ।
'हामी खनाल र उनको सरकारसंग काम गर्नका लागि पर्खि रहेका छौं, प्रधानमन्त्री बृहतर रुपमा गठबन्धन बनाएर काम गर्ने बिश्वास राखेका छौं' बिज्ञप्तिमा भनिएको छ, 'हामी सरकार र अन्य दलहरुलाई शान्ति र संविधान निर्माणका लागि आवश्यक कदमहरु चाल्न तथा सबै नेपालीको लागि सुरक्षा र स्थिरताको लागि काम गर्न प्रोत्साहित गर्दछौं ।
इयूका काठमाडौंमा बेलायत, डेनमार्क. यूरोपीइन यूनियनका प्रतिनिधि, फिनलेण्ड, फ्रान्स, जर्मनी, नेदरलेण्ड, नर्वे र स्वीजरलेण्डका दूतावास रहेका छन् ।
 
प्रकाशित मिति: २०६७ माघ २० ०९:२२