नेपाल स्पेन समाचार
Monday, April 4, 2011
शुभकामना
नयाँ बर्ष २०६८ को शुखद अवसरमा समस्त प्रवास मा रहनु भएका नेपाली दाजु भाई , दिदि बहिनि , बुद्दिजिबी ,समाज शेबी ,तथा राजनैतिक सघ सस्था का साथै समस्त व्यवसायिक वर्ग र बिधार्थी हरु मा शुख शान्ति एबं सम्बृदिको हार्दिक मंगलमय कामना ब्यक्त गर्दछौ
Tuesday, February 22, 2011
हार्दिक समबेदना
हाम्रा परम् मित्र तथा गैर आवाशीय नेपाली संघ पोर्तुगलका उपाध्यक्ष भिम केसी कमल की ममतामयी आमा अम्बिका केसी को ७५ बर्षको उमेरमा मिति २१-०२-२०११ का दिन असामयिक निधन भएको खबरले हामी मर्माहित भएका छौ।शोकको यस घडीमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त सम्पूर्ण परिवारजनमा हार्दिक समबेदना ब्यक्त गर्दछौ।
नेपाल स्पेन समाचार
Friday, February 4, 2011
नयाँ प्रधानमन्त्रीलाई यूरोपेली यूनियनको बधाइ
काठमाडौ, माघ २० - युरोपीयन यूनियनको अध्यक्षको हैसियतमा बेलायती राजदूत जोन टक्नटले प्रधानमन्त्री निर्वाचित भएकोमा एमाले अध्यक्ष झलनाथ खनाललाई बधाइ दिएका छन् ।
बिहीबार संसदमा बहुमत पाएर खनाल प्रधानमन्त्री निर्वाचित भए लगतै बेलायती दूतावासबाट बिज्ञप्ती जारी गरि उनलाई बधाइ दिएको हो ।
'हामी खनाल र उनको सरकारसंग काम गर्नका लागि पर्खि रहेका छौं, प्रधानमन्त्री बृहतर रुपमा गठबन्धन बनाएर काम गर्ने बिश्वास राखेका छौं' बिज्ञप्तिमा भनिएको छ, 'हामी सरकार र अन्य दलहरुलाई शान्ति र संविधान निर्माणका लागि आवश्यक कदमहरु चाल्न तथा सबै नेपालीको लागि सुरक्षा र स्थिरताको लागि काम गर्न प्रोत्साहित गर्दछौं ।
इयूका काठमाडौंमा बेलायत, डेनमार्क. यूरोपीइन यूनियनका प्रतिनिधि, फिनलेण्ड, फ्रान्स, जर्मनी, नेदरलेण्ड, नर्वे र स्वीजरलेण्डका दूतावास रहेका छन् ।
Tuesday, January 25, 2011
नेपाली समाज स्पेन व्दारा हार्दिक स्रदान्जली
हाम्रा परम् मित्र रमेश खड्का ४२ बर्ष को उमेर मा यहि २०१० जनवरी १७ गते स्पेन को टापु ग्रान कानरिया मा भएको असमायिक निधन ले हामि हरु अत्यन्तै भाबुक का साथ स्तब्ध भएका छौ साथै उहाको चिर आत्मा ले शान्ति पाओस
शोकाकुल परिवार मा धैर्य धारणा गर्ने शक्ति प्राप्त होस भनि भगवान संग प्रार्थना गर्दै चिर आत्मा प्रति अत्यन्तै
भाबुकता का साथ हार्दिक श्रदान्जली व्यक्त गर्दछौ
नेपाली समाज स्पेन
Subscribe to:
Comments (Atom)



